‘कंलक’ मा सोनाक्षी

एजेन्सी, मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिंह अभिनीत चलचित्र ‘कलंक’ को मंगलबार छायांकन सकिएको छ । उनले उक्त चलचित्रको छायांकन सकिएको भन्दै ट्विटरमा फोटो पोस्ट गरेकी छन् । ट्विटमा उनले आफू यो चलचित्रको एक सदस्य बन्न पाएकोमा आफूलाई भाग्यमानी मानेकी छन् ।

अभिषेक वर्मान निर्देशित उक्त चलचित्रका बारेमा ट्विटरमा सोनाक्षीले लेखेकी छन्, ‘नयाँ वर्षको सुरुआत र नयाँ चलचित्रको अन्त्य । मेरो लागि ‘कंलक’ सकिएको छ । यो एउटा यस्तो प्रोजेक्ट बन्यो, जसको एक अंश बन्न पाउँदा म आफूलाई निकै भाग्यमानी ठान्दछु । तपाइँहरूले हेर्ने समयसम्म म पर्खन सक्दिनँ ।’

चलचित्रमा सोनाक्षीसँगै माधुरी दीक्षित, वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त र आदित्य राय कपुर लगायतका कलाकारको मुख्य भूमिका छ । १९ अप्रिल १९ प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रमा करण जोहर, सजिद, यस जोहर, एप्रुवा मेथाको लगानी छ ।

प्रतिक्रिया