निर्मलाको ‘जेबा म्राङसी’

काठमाडौं । गायिका निर्मला घिसिङ र गायक अशोक तामाङको आवाज रहेको ‘जेबा म्राङसी’ तामाङ गीतको भिडियो सार्वजनिक भएको छ । कुमार स्याङबाको शब्द रचना रहेको गीतमा निमा दोङले संगीत भरेका छन् ।

उक्त गीतको भिडियोमा अभि तामाङ र साहिन तामाङको अभिनय छ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसर पारेर भिडियो सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । उक्त भिडियोको निर्देशन, छायांकन तथा सम्पादक सूर्य लामाले गरेका छन् । गीतको भिडियोलाई जिग्मे मिडियाको युट्युब च्यानलमार्फत बजारमा ल्याएको छ ।

प्रतिक्रिया