हिग्विन चेल्सी जान सहमत

एजेन्सी, इटाली । एसी मिलानका स्ट्राइकर गोन्जालो हिग्विनले प्रिमियर लिगको क्लब चेल्सी सरुवाका लागि सहमति जनाएको इटालीको खेलकुद पत्रिका गजेटा डेल्लो स्पोर्टसलाई उद्यृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुनमा युभेन्ट्सबाट एक सिजनका लागि लोनमा मिलानसँग आवद्ध भएका हिग्विनसँग पूर्णकालीन सम्झौताको विकल्प थियो । तर, मिलानमा संघर्षरत फर्ममा रहेका हिग्विनले सबैखाले प्रतियोगितामा गरी अहिलेसम्म ८ गोल मात्र गरेका छन् ।

‘मिलानमा जारी सिजनको अन्त्यसम्मका लागि सम्झौतारत भए पनि चेल्सीले हिग्विनलाई तुरुन्त स्टामफोर्ड ब्रिज भित्र्याउने गरी सम्झौता गरेको छ,’ गजेटा डेल्लो स्पोर्टसले लेखेको छ । अर्जेन्टिनाका ३१ वर्षे अन्तर्राष्ट्रिय फरवार्डले नेपोलीका पूर्व प्रशिक्षक माउरिजियो सारी इङलिस क्लब चेल्सी पुगेपछि उतै जाने इच्छा देखाएको बताइएको छ ।

मिलानले लोनमा हिग्विनलाई भित्रयाउँदा १ करोड ८० लाख युरो तिरेको थियो । उनलाई स्थायी रूपमै सान सिएरोमा राख्न चाहे थप ३ करोड ६० लाख युरो तिर्नुपर्ने व्यवस्था पनि लोन सम्झौतामा थियो ।  हिगुइनका लागि सबै भन्दा सफल सिजनका रूपमा सारीसँग नेपोलीमा विताएको २०१५—२०१६ लाई लिइन्छ ।

उक्त सिजन उनले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी ३६ गोल गरेका थिए । २०१६ मा युभेन्ट्स जानुअघि उनले नेपोलीको तीन वर्षे बसाईमा ९१ गोल गरेका थिए ।  २ सिजन युभेन्ट्समा रहँदा उनले लिगमा ४० गोल गरेका थिए । यसै सिजनको सुरुआतमा रियाल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो टुरिन आएपछि उनलाई लोनमा मिलान पठाइएको थियो ।

प्रतिक्रिया