एन्फाविरुद्ध सर्वत्र उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ –एन्फा) को नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोपसहित आन्दोलनरत काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समिति र प्रहरीमा उजुरी गरेका छन् ।

चारै जिल्लाका अध्यक्षले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुखजु, धादिङका अध्यक्ष दीपक खतिवडा र ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एन्फामा भएको भ्रष्टाचार र अनियमितताको छानविन गरी आवस्यक कार्वाहीको निमित्त अख्तियार, लेखा समिति र नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखामा उजुरी दर्ता गरिएको जानकारी गराउँदछौँ ।’

अघिल्लो हप्ता आन्दोलनरत चार जिल्लाका अध्यक्षहरूले एन्फा पदाधिकारीहरूबाट एएफसी प्रतियोगिता दौरान टिम राखेको होटलबाट १० लाखभन्दा बढि रकम हिनामिना गरेको आरोप लगाएका थिए । त्यसअघि उनीहरूले पत्रकार सम्मेलन गरेर १४ बुदे आरोप लगाउँदै नेपाली फुटबलको सर्बोच्च निकायमा व्यापक आर्थिक अनियमितता भइरहेको दाबी गरेका थिए ।

प्रतिक्रिया