ललिता र भुपेन्द्रलाई स्वर्ण

काठमाडौं । नेपालका ललिता महर्जन र भुपेन्द्र थापा मगरले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका छन् । बोसीगाँउमा बिहिबार महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । महिला ५१ केजीमा नेपालकी बिमला श्रेष्ठले नेपालकै माला राईलाई अंकको आधार ३–२ ले पछि पादै स्वर्ण जितिन् ।

महिला ५४ केजीमा नेपालकी मिनु गुरुङले नेपालकी निसा तामाङलाई उपाधि भिड्न्तमा अंकको आधारमा ३–२ ले हराउदै स्वर्ण जितिन् । महिला ६० केजीको उपाधि भिड्न्तमा संगिता सुनारले नेपालकै पुनम रावललाई अंकको आधारमा ३–२ ले हराउदै स्वर्ण जितिन् । पुरुष ६४ केजीमाभुपेन्द्र थापा मगरले भुटानका दोर्जी वाङ्जेलीलाई अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ४९ केजीको फाईनल भिड्न्तमा तेजवहादुर देउवाले नेपालकै प्रदिप महर्जनलाई नकआउट गदै स्वर्ण जिते ।

पुरुष ५२ केजी तौल समूहको उपाधि भिड्न्तमा प्रेम चौधरीले भारतका सचिनलाई आरएससीको आधारमा पराजित गदै स्वर्ण जिते । पुरुष ५६ केजी तौल समूहको फाईनल खेलमा नेपालका पुरन राईले नेपालकै बिमल रोकामगरलाई पराजित गदै स्वर्ण जितेका छन् । यस्तै पुरुष ६० केजीको फाईनलमा भुटानका निमा दोर्जीले नेपालका एकवहादुर घलेलाई अंकको आधार ३–२ ले स्तब्ध पादै स्वर्ण जित्न सफल भए ।

पुरुष ६९ केजीको फाईनल भिडन्तमा नेपालका बिकास लामाले नेपालकै बिष्णुप्रसाद घलेलाई अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ७५ केजीमा दिपक श्रेष्ठले नेपालकै रवि सुनारलाई नकआउट गदै स्वर्ण जिते । प्रतियोगिताका बिजेता खेलाडीहरूलाई नेकपा सभासद पम्फा भुसाल,जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया