फ्रान्स र जर्मनको पासपोर्ट अमेरिकाको भन्दा शक्तिशाली

न्युयोर्क । विश्वका पासपोर्टहरूको सहज पहुँचको आधारमा गरिएको मूल्यांकनमा नेपालको पासपोर्त ९८औं क्रमांकमा परेको छ ।

आफ्नो देशको राहदानी बोकेर विदेश जाँदा अनएराइभल भिसा दिइने वा भिसा नै नचाहिने अवस्थाको आधारमा हेन्ली एन्ड पार्टनर्स नामक कम्पनीले विश्वव्यापी रूपमा हरेक वर्ष यो र्यांकिङ गर्दै आएकोको सन् २०१९को प्रतिवेदन बुधबार प्रकाशित भएको हो । यो सूची अनुसार ४० वटा देशमा नेपालको पासपोर्टलाई सहज पहुँच रहेको छ ।

१ नम्बरमा भने जापान परेको छ । अघिल्लो वर्षपनि जापान नै १ नम्बरमा रहेको थियो । जापानको पासपोर्टलाई १९० देशमा जाँदा सहज पहुँच रहेको जनाइएको छ । दक्षिण एसियाबाट भुटानको पासपोर्टलाई ५५ मुलुकमा सहज पहुँच रहेको र क्रमांकमा ८३औं स्थानमा परेको छ भने पाकिस्तानको पासपोर्टलाई ३३ मुलुकमा सहज पहुँच रहेको र १०२ औं क्रमांकमा परेको छ । त्यसैगरी, भारतको पासपोर्टलाई ६१औं मुलुकमा सहज पहुँच छ भने क्रमांकमा ७९औं स्थानमा परेको छ ।

त्यस्तै, माल्दिभ्सको पासपोर्टलाई ८६ मुलुकमा सहज पहुँच र ५९औं क्रमांकमा परेको छ भने श्रीलंकाको पासपोर्टलाई ४३ मुलुकमा सहज पहुँच र ९५औं क्रमांकमा तथा बंगलादेशको पासपोर्टलाई ४१ वटा मुलुकमा सहज पहुँच र ९७औं स्थानमा रहेको पाइएको छ । सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये सिंगापुरको पासपोर्ट दोस्रो स्थानमा परेको छ । सिंगापुरको पासपोर्टलाई १ सय ८९ देशमा सहज पहुँच रहेको पाइएको छ ।

त्यस्तै, दक्षिण कोरियाको पासपोर्टपनि सिंगापुरकै जति नै संख्यामा पहुँच पाएर दोस्रो स्थानमा रहेको छ । फ्रान्स र जर्मनीको पासपोर्ट भने दुवैलाई १८८-१८८ मुलुकमा सहज पहुँचको आधारमा तेस्रो स्थानमा रहेका छन् । नेपालको अर्को छिमेकी चीनको पासपोर्ट भने ७४ स्थानमा सहज पहुँच पाएर ६९औं स्थानमा रहेको छ भने महाशक्ति राष्ट्र अमेरिकाको पासपोर्ट १८५ मुलुकमा सहज पहुँचको आधारमा छैठौं स्थानमा रहेको पाइएको छ ।

प्रतिक्रिया