ट्रम्पद्वारा पर्खाल बनाउन बजेट माग

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “बढ्दो मानवीय तथा आप्रवासी संकट“ समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल बनाउन आवश्यक लगानीको माग गरेका छन् ।

आफ्नो कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिइएको टेलिभिजन सन्देशमा ट्रम्पले कंग्रेसको सहमतिबिनै अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने आफ्नो योजना बलपूर्वक अघि बढाउन संकटकालको घोषणा भने गरेनन् ।

टेलिभिजनमार्फत् नै असन्तुष्टि जनाउँदै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी जनताहरूलाई बन्धक बनाएको भन्दै ट्रम्पको कडा आलोचना गरेका छन् । पर्खालका लागि बजेट विवादकै कारण १८ दिनदेखि जारी सरकारी खर्चबन्दीका बीच सत्तापक्ष र विपक्ष दुवैले आफूलाई अब्बल प्रमाणित गर्ने प्रयास जारी राखेका छन् ।

अमेरिकास्थित बिबिसी सम्वाददाताका अनुसार सरकारी खर्चबन्दीको जारी अवस्थाका लागि विपक्षीहरूले राष्ट्रपति ट्रम्प दोषी भएको बताइरहेका छन् । उनको सम्बोधनले शुक्रबारको बजेट निकासामा समेत प्रभाव पार्ने ठानिएको छ ।

प्रतिक्रिया