उद्यमी महिलाहरुलाई प्रोत्साहनका लागि तीन दिने तालिम

काठमाडौं । उद्यमी महिलाहरुलाई प्रोत्साहन दिनका लागि महिला उद्यमी महासंघ (एफविन) द्वारा तिन दिने तालिम सम्पन्न भएको छ ।
सोमबार काठमाडौँमा सुरु भएको उक्त कार्यक्रममा विभिन्न उद्यमी क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता थियो ।

पचास भन्दा बढी संख्यामा माहिलाहरू सहभागिता रहेको तालिम बुधबार सम्पन्न भएको हो । उद्यमीहरुलाई सामाजिक सञ्जालबाट कसरी आफ्नो व्यवसायलाई प्रोमोट गर्ने भन्ने बारे तालिमको आयोजना गरिएको महिला उद्यमी महासंघकी कार्यक्रम व्यवस्थापक कोपिला डंगोलले बताइन् ।

त्यस्तै तालिम कार्यक्रममा बुटिक, ज्वेलरी, विज्ञापन एजेन्सी लगायतका क्षेत्रमा आवद्ध रहेका महिला उद्यमीहरुले सोही तालिमले आफूहरुलाई कसरी अगाडि बढाउने भन्नेबारे समेत जानकारी भएको बताए । संघकी अध्यक्ष सारदा रिजालले आफू पनि सहभागी भएको तालिमले आफ्नो व्यवसायलाई कसरी बजारमा लैजाने भन्ने कुरालाई राम्रोसँग बुझेको बताईन् ।

उनले भिजिटिङ कार्ड, ब्रोसरलाई कसरी सामाजिक सञ्जालमा राख्ने र बजार विस्तार गर्ने कुरा सिक्दा आफू लगायत सबैलाई सहज भएको बताइन् । त्यस्तै तालिम प्रशिक्षक पाकिस्तानका नाभिद नुरले सामाजिक सञ्जालबाट बजार विस्तार गर्ने कुरा सिक्दा सिक्दै विस्तारै आफै जानिने बताए ।

प्रतिक्रिया