विश्व बैंकका अध्यक्षद्वारा राजीनामा

एजेन्सी, वासिंगटन । विश्व बैकका अध्यक्ष जिम योङले आफ्नो पदबाट सोमबार राजीनामा दिएका छन् । उनले आफ्नो नियमित कार्यकाल सकिनुभन्दा तीन वर्षअघि नै राजीनामा दिएका हुन् । उनी सन् २०१२ देखि अध्यक्षको रूपमा कार्यरत थिए । उनको पदावधि सन् २०२१ को अन्तिममा सकिने भए पनि अहिले नै छोडेका हुन् । दक्षिण कोरियामा जन्मेका किम अब पूर्वाधार तथा लगानीका क्षेत्रमा काम गर्ने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया