६ दिनदेखी शवगृहमा भएको लाशको पहिचान अझै खुलेन

सल्यान । ६ दिन अघि ज्यान गुमाएका एक अपरिचित युवकको शव अझै पनि जिल्ला अस्पताल सल्यानको शवगृहमा रहेको छ । पुस १७ गते दिउँसो ज्यान गुमाएका अपरिचित युवकको पहिचान खुल्न नसक्दा शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

विभिन्न संचारमाध्ययम,पत्रपत्रिका र स्थानीय एफ एम रेडियोबाट जिल्लमा अपरिचित युवक भेटिएको समाचार प्रशासन तथा प्रशारण गरिएको भएपनि अझै सम्मपनि कसैले खोजीकार्य नगरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीले जानकारी दिए ।

सल्यानको शारदा नगरपालिका १४ स्थित ढांरखानी जंगलमा पुस १५ गते अचेत अबस्थामा फेला परेका अन्दाजी २६ बर्षका युवकलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घाईते युववको अस्पताल सल्यानमा उपचार गराएको थियो । नाम ठेगाना नखुलेका ति पुरुषलाई कसैले चिनेको खण्डमा आफन्तलाई वा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले पटक पटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया