नमुना एसइइ परिक्षाको नतिजा प्रकाशन

सल्यान । सिद्ध कुमाख गाउँपालिकाले संचालन गरेको पालिकास्तरीय नमुना एसइइ परिक्षाको नतिजा आज प्रकाशन गरिएको छ । आउँदै गरेको एसइइ परिक्षाको त्यारी स्वरुप गाउँपालिकाले संचालन गरेको नमुना एसइइ परिक्षाको नतिजा आज सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जानकारीे दिए । गाउँपालिका वाट कक्षा १० मा अध्ययनरत दुइ सय १३ जना विद्यार्थीहरू मध्ये दुई सय ४ जना विद्यार्थी परिक्षामा सम्मिलित भएका थिए ।

परिक्षामा सहभागि मध्ये ४ जना विद्यार्थिहरूले बी ग्रेड, १६ जना विद्यार्थीहरूले सी प्लस ८१ जना विद्यार्थिहरूले सी ग्रेड र वाँकि विद्यार्थीहरूको सो भन्दा मुनिको ग्रेड रहेको शिक्षा,युवा तथा खेलकुद प्रमुख मेघराज गौतमले जानकारी दिएका छन् । मंसरि २३ गतेबाट सुुरु भएको नमुना एसइइ परिक्षा पुस २ गते सम्म संचालन भएको थियो ।

यस परिक्षा संचालन पछि कमि कमजोरी पत्ता लगाई पढाईमा थप सुधार गर्दै जाने उद्देश्यले परिक्षा संचालन गरिएको गौतमले बतएका छन् । विशेष गरि गणित,अंग्रेजी र विज्ञान विषयमा विद्यार्थीले अलि धेरै मेहेनत गर्नु पर्ने यस परिक्षाको नतिजाले देखाएको उनले बताए ।

प्रतिक्रिया