निर्मला हत्याको अनुसन्धानमा आईजीपी खनाल कञ्चनपुरमा

काठमाडौं । बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरण र त्यसको गतिविधी बुझ्नका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका छन् ।

प्रहरी नायव उपरीक्षक आईजिपी र महानगरिय अपराध महाशाखामा कार्यरत डिएसपी रुगम कुँवर सहितको टिम कञ्चनपुर पुगेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।

आईजिपी खनालले प्रहरी प्रधान कार्यालयमा आयोजित केहि दिन अघि पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनि निर्मलाको हत्यारालाई कारवाही गर्ने बताएका थिए ।

डिएसपी कुँवरसहित अपराध अनुसन्धानमा काविल मानिने प्रहरी नायव निरीक्षक सई गजेन्द्र रावललाई पनि आईजीपी खनालले निर्मला हत्याको अनुसन्धानमा समावेश गराएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी निरज शाहीको टोलीले निर्मला पन्त बलात्कार, हत्याबारे लामो समयदेखी अनुसन्धान गरिहरेको भएतापनि नतिजा आउन सकेको छैन् ।

प्रतिक्रिया