शिक्षकलाई विषयगत अध्यापन अनुमतिपत्र

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ । आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरूपमा लिने भएको हो ।

शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरूपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ ।

‘आयोगले खुलाएको विज्ञापनमा पहिले सबै विषयका लागि एउटै अध्यापन अनुमतिपत्रले प्रतिस्पर्धा गर्ने गरेका थिए’, उनले भने, ‘अबदेखि भने विषयगत अध्यापन अनुमतिपत्र बाहकले मात्र सम्बन्धित विषयमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।’

सरकारले शिक्षा ऐन २०२८ को सातौँ संशोधनपश्चात विसं २०५९ देखि शिक्षक अध्यापनका लागि अनिवार्य अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको थियो । आयोगले अहिलेसम्म करिब पाँच लाखलाई शिक्षक अध्यापन अनुमतिपत्र वितरण गरेको छ ।

प्रतिक्रिया