कविता – एक दिन

                                    तुम्बेहाङ लिम्बू

 

एउटा सेक्सी रेभनले
दिनदहाडै देश बलात्कार ग¥यो
देश बलात्कार गरेपछि,
देशवासीको भविष्य बलात्कार ग¥यो
अनि
शिवलिंग झैँ
सत्ताको लिंगपूजा गरायो ।

डराउने जति
लिंगपूजामा मस्त भए,
अपमान ठान्ने जति
लुक्न र भाग्न व्यस्त भए,
बाघ, चट्याङ र चीलहरूले पनि
मूकदर्शक भई रमिता हेरिरहे ।
विश्वसामु कुरीकुरी लागेपछि
लाज ढाक्न
पहिले त्यसले एउटा चरा पठायो
दाग पखाल्न,
फेरि एउटा घोडा पठायो,
अनि एउटा डाक्टर पठाकोछ
नाजायज गर्भपतन गराउनलाई ।
गर्भपतन अपराध हो,
बलात्कार पनि अपराध हो ।
तर, विडम्बना !
समस्याको जिलिगाँठीले भरिएका
ती समस्या–एडिक्ट टाउकाहरू
समाधान पनि दमनसहितले खोज्दै छन्

थोरै मायाले टाउको सुम्सुमाइदिँदा
बलात्कारीलाई ईश्वर बनाउन
पीडितहरू एकजुट हुँदै छन् ।
(लिम्बू भुटानी कवि हुन्)

प्रतिक्रिया