अपराधिको बयान, मान्छेको मासु खाँदा खाँदा थाकिसकें

काठमाडौ । दक्षिण अफ्रिकामा स्थानिय प्रहरीले एक युवतीको हत्या गरेको भन्दै दुई अपराधिलाइ पक्राउ गरेको छ । मान्छेको हत्या गरि मासु खाने यि नरभंक्षी समुहका व्यक्तिलाई २४ वर्षीय युवतीको शारिरिक अंग सहित प्रहरिले बुधवार पक्राउ गरेको हो । प्रहरी सामु आत्मसमर्पण गर्दै नरभंक्षी निने मवाथा र लुगिसानि मगुवेनले आफुले मान्छेको मासु खाँदा खाँदा थाकिसकेको बताएका छन् ।

यि मध्ये निने मवाथा प्राकृतिक चिकित्सक हुन् । प्राकृतिक चिकित्साको नाममा यिनले मान्छेको निर्मम हत्या गरि तिनको मासु खाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । अनुसन्धानको क्रममा प्रहरिले ति व्यक्तिको घरमा मान्छको विभिन्न अंग तथा कंकाल हरु भेटाएका थिए ।
यस समुहका व्यक्तिले परम्परागत चिकित्साको लागी मानिसको हत्या गरि आन्तरिक अंगहरु प्रयोग गर्ने र बाकी मासु बनाएर खाने गरेको पाइएको छ ।

घटना लगत्तै सर्बसाधारणले अदालतअघि प्रदर्शन गरेपछि ति दुइ अपराधिलाइ सजायस्वरुप आजिवन जेल सजाय सुनाइएको छ । यसअघि पनि यस्ता घटना भएता पनि सजाय स्वरुप कुनै कानुनको प्रावधान थिएन । हालसम्म क्यानिवल अर्थात मान्छेको मासु खाने जनजातिको बारेमा कथा कहानि सुन्नमा आउछ । तर वास्तवमै मान्छेको मासु खाने यो समुहको वासस्थान दक्षिण अफ्रिकी क्षेत्रमा रहेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया