मेडिकल एक्सपो २०१८ हुँदै

काठमाडौं । तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ आयोजना हुने भएको छ । आयोजक एसडि प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालका अनुसार डिसेम्बर १४ देखि १६ सम्म भृकुटि मण्डपमा एक्स्पो हुने भएको हो । एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो ।

उक्त एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइटी सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फ्यासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकलको प्रदर्शनी हुने आयोजकले जानकारि दिएको छ । प्रदर्शनीमा २ सयभन्दा बढि कम्पनीहरू र ५ सय भन्दा बढि ब्राण्डहरूको उपस्थिती हुने तथा दश मुलुकका अफिसरहरू, डाक्टरहरू, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरू भेला हुनेछन् ।

प्रतिक्रिया