वालिङ र तानसेनमा ज्योति बैंकको शाखा विस्तार

काठमाडौं । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तानसेन नगरपालिका–४ तानसेन, पाल्पामा रहेको नयाँ शाखाको तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका सञ्चालक नारायणप्रसाद पौड्यालले उद्घाटन गरे । त्यस्तै, वालिङ नगरपालिका ८, वालिङ, स्याङ्जामा रहेको नयाँ शाखाको पनि औपचारिक रूपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरे ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षभित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढी खाताबाट २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १८ दशमलव ५० अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापुँजी २ अर्ब ५९ करोड कायम रहेको छ । यस बैंकले हाम्रो विकास बंैकलाई प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुआत गर्ने तयारीमा रहेको छ र तत्पश्चात् बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड पुग्नेछ ।

प्रतिक्रिया