चन्दालाई रिवनको बधाई

काठमाडौं । केही समयअघि सिंगापुरमा सम्पन्न मिसेस इन्टरनेसनल २०१८ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी चन्दा थापा गिरीलाई बधाई ज्ञापन गर्दै रिवन इन्टरटेनमेन्टले शनिबार एक कार्यक्रम आयोजना गरेको छ ।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही समयअघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेसनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमा सम्पन्न विवाहित महिलाबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा यो सफलता हात पारेकी थिइन् । सिंगापुरको आर्केड कन्ट्री क्लबमा सम्पन्न मिसेस इन्टरनेसनल २०१८ मा गिरीले पे्रmन्डली इन्टरनेसन उपाधि पनि चुमेकी थिइन्् ।

कार्यक्रममा बोल्दै चन्दाले फेसबुक चलाइरहेको वेला आफूले मिसेस नेपाल इन्टरनेसनल २०१८ को बारेमा थाहा पाएको र परिवारको स्विकृति लिएर प्रतिस्पर्धामा भाग लिएको बताइन् । नेपालमा ३६ जनाबाट छानिएर सिंगापुरमा आफ्नो प्रतिभा देखाउने अवसर पाएँ । त्यहाँ निकै बलिया महिलाहरू हुनुहुन्थ्यो । त्यहाँ गएर नेपालललाई चिनाउन पाउँदा निकै गौरवान्तित छु । मलाई साथ र सहयोगको लागि मरो श्रीमान र परिवारलाई धन्यवाद भन्न चाहन्छु उनले भनिन् ।

कार्यक्रममा चन्दालाई बधाई दिँदै नायक तथा मिसेस नेपालका निर्णायकमध्येका एक आर्यन सिग्देलले आफूहरूले नाचघरमा आयोजित मिसेस नेपाल इन्टरनेसनल २०१८ मा चन्दालाई मिसेस नेपाल बनाएर सही निणर्य गरेको बताए । हामीले त्यो वेला सही निर्णय ग¥यौँ जस्तो लागेको छ ।

उनले नेपाललाई चिनाइन् आर्यनले भने । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपालको नाम उच्च राखेको भन्दै चन्दालाई बधाई दिए । यस्तो राम्रो कामको लागि सांस्कृतिक संस्थानले सधैँ साथ दिन्छ । निर्णायक, अभिनेता तथा रंगकर्मी विरेन्द्र हमालले आफूलाई यस्तो सफलता हासिल गर्ने कुरामा पहिले नै विश्वस्त भएको बताए ।

चन्दाका पति उपेन्द्र गिरीले चन्दामा धेरै प्रतिभा छ भन्ने कुरा थाहा भएको तर, आफूहरूको मात्र नभएर देशकै नाम राख्न सक्ने प्रतिभाको बारेमा चाहिँ थाहा नभएको भन्दै बधाई दिए । प्रतियोगितामा नेपालका तर्पmबाट रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेसनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरू मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेसल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जन सहभागी थिए ।

नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको थियो । मिसेस नेपाल इन्टरनेसल २०१७ सुरुची पाण्डेले इन्टरनेसनल वेस्ट ट्यालेन्ट, एलिगेन्स ब्युटी र ब्युटी एम्बेसडर उपउउपाधि जितेकी छिन् भने मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल ब्युटी र बेस्ट सेल्फ इन्टरडक्सन उपउपाधि चुमेकी थिइन् ।

यी प्रतियोगीहरूले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालसहित अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरीहरूले स्पर्धा गरेका थिए । प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेसिया र इन्डोनेसियामा भएको थियो ।

प्रतिक्रिया