पर्सिजा इन्डोनेसिया लिग च्याम्पियन

एजेन्सी, जकार्ता । लिग वानको अन्तिम खेलमा रोहितको टोली पर्सिजा जकार्ताले मिट्रा कुकार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । पर्सिजालाई लिग च्याम्पियन बन्न लिगको अन्तिम खेलमा निश्चित जतको आवश्यकता रहेको थियो । जसमा पर्सिजा चुकेन ।

पर्सिजाका लागि दुवै गोल मार्को सिमिचले गरे । १७औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका मार्कोले ५९औ मिनेटमा दोस्रो गोल गरे । लिग वानको ३४ खेलमा पर्सिजाले ६२ अंक जोड्यो । दोस्रो स्थानको पीएसएम माकासारको ६१ अंक रहेको थियो ।

समूह चरणको अन्तिम खेलमा रोहितले सुरुवाती ११ बाटै खेलेका थिए । पर्सिजालाई लिग वान च्याम्पियन बनाउन रोहितले महत्वपुर्ण भुमिका खेलेका थिए । रोहित नै लिग वानको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी गत साता सर्वोत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

प्रतिक्रिया