फुङलिङमा मेयर कप भलिबल

वसन्त लिम्बू, ताप्लेजुङ । संस्कृति र परम्परालाई खेलकुद क्षेत्रसँग जोड्ने उद्देश्यसहित हिमाली जिल्ला ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकामा आगामी पुस ७ गतेवाट मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा पुस ७ देखि १५ गते सम्म प्रथम मेयरकप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

संस्कृति र परम्परालाई खेलकुद क्षेत्रसँग जोड्ने नगरपालिकाको अभियानअनुसार चासोक तङ्नामको अवसरमा शुभारम्भ गरि तमू ल्होसारमा समापन हुने गरि प्रतियोगिता सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । खेल प्रतियोगिताबारे आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो ।

नगरपालिकाका वडास्तरीय टिमहरू मात्रै सहभागी हुन पाउने उक्त प्रतियोगिताको बिजेताले नगद ७५ हजार रूपैँया सहित रनिङकप, मेडल र प्रमाणपत्र पाउने छ भने उप–बिजेता नगद ५० हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने जनाईएको छ ।

यस्तै तृतिय हुनेले नगद २५ हजार रूपैँया सहित मेडल र प्रमाणपत्र पाउने छ । यस्तै विद्यागत रूपमा ५ जनालाई नगद ५ हजारका दरले पुरस्कृत गरिने खेल आयोजकका संयोजक पदम शुन्दर पालुङ्वाले जानकारी दिए । प्रतियोगितामा नगरपालिका भित्रका वडाले मात्र पाउनेछन् । खेलाडी निश्चित वडा भित्र वसोवास गर्ने हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया