मोदीद्वारा सार्कको प्रशंसा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोगलाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३४औँ बडापत्र दिवसको अवसरमा शनिबार सन्देश दिँदै मोदीले सो कुरा बताएका हुन् ।

पाकिस्तानमा हुनुपर्ने सार्कको १९औँ शिखर सम्मेलन भारतले उपस्थित हुन नचाहेका कारण रोकिएको वेलामा भारतका प्रधानमन्त्री मोदीको यो भनाइ आएको हो । तीन दशकको अवधिमा सार्कले प्रगति गरेको भनेर संगठनको प्रशंसा गर्दै मोदीले क्षेत्रीय सहयोग वृद्धिका लागि शान्ति र सुरक्षाको वातावरण हुनुपर्ने कुरामा समेत जोड दिएका छन् ।

यसै अवसरमा वक्तव्य दिँदै पाकिस्ताका प्रधानमन्त्री इमरान खानले पनि दक्षिण एसियाका जनताको हित प्रवद्र्धनका लागि सार्कको महत्व रहेको बताएका छन् ।

प्रतिक्रिया