बालबालिका दुर्व्यसनमा फसेः रावत

बाँके । कोहलपुर नगरकार्यपालिकाका प्रमुख लुटबहादुर रावतले बालबालिकालाई अभिभावकहरूले समय दिन नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेको बताएका छन् ।

कोहलपुरमा लागुऔषध दुव्र्यसनीविरुद्ध सप्ताहव्यापी सचेतना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नगरकार्यपालिकाका प्रमुख रावतले ‘डिप्रेसनका कारण कलिला बालवालिकाहरू लागुऔषधि दुव्र्यसनीको दलदलमा भासिँदै गएको जिकिर गरे । बालबालिकाले मागेबमोजिम नगद तथा जिन्सी दिने परीपाटीले विकृति, विसंगतिसँगै लागुऔषधी दुव्र्यसन बढ्दै गएको भन्दै नगरप्रमुख रावतले लागुऔषधिको सेवनबाट थुप्रै बालबालिका बिग्रिएको र समाज नै अस्तव्यस्त भएको दाबी गरे ।

बालबालिकाको चालचलन र बानीबेहोरालाई अभिभावकहरूले सूक्ष्मरूपमा अध्ययन गरी लागुपदार्थ दुव्र्यसनको कुलतबाट छुटकारा दिलाउन चनाखो हुनुपर्ने भन्दै नगरप्रमुख रावतले स्वस्थ समाज निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए ।

उनले नजानिँदो तरिकाले कुलतमा फसेका व्यक्तिहरूलाई उनीहरूको भविष्य र स्वास्थ्यप्रति गम्भीरता देखाउन सामुदायिक प्रहरी, समुदाय र विद्यालय एकअर्काका परिपुरक भएकाले हातेमालो गर्दै लागुऔषध दुव्र्यसन विरुद्वको अभियानमा सहभागी हुन आह्वानसमेत गरे ।

लागु औषध दुर्ब्यसन बिरुद्व कोहलपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबार देखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो ।

अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी तथा सडक नाटक प्रर्दशन गरिएको हो । नगरभित्रका बिभिन्न वडाहरूमा हप्तादिनसम्म अभियान संचालन गरिने आयोजकले जनाएको छ । शनिबार कोहलपुर चौराहाबाट प्रारम्भ भएको प्रभातफेरी नगरका बिभिन्न भाग परिक्रमा गर्दै कोहलपुर चौराहमा कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरी कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेशबहादुर सिंह, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, सामुदायिक प्रहरी कोहलपुरका अध्यक्ष नारायण गौंडेल, उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निजी तथा सामुदायिक विद्यालय, विभिन्न वडाका वडाध्यक्ष, कोहलपुर नगर कार्यपालिकाका सदस्यहरू र स्थानीयहरूको उल्लेख्य सहभागी रहेको थियो ।

प्रतिक्रिया