‘सरसफाईमा सबै पक्ष जिम्मेवार बनौं’

बाँके । ‘हाम्रो नेपालगञ्ज, सफा नेपालगञ्ज’ नारा दिइएको नेपालगञ्ज सरसफाई महाअभियानलाई सफल पार्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

उद्योग बाणिज्य संघ नेपालगञ्जको सभा हलमा शनिबार आयोजित सरसफाई महाअभियानको तयारी बैठकमा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणाले नेपालगञ्जका सम्पूर्ण संघसंस्था र सम्पूर्ण नगरवासीहरूलाई हातेमालो आग्रह गरेका थिए । उनले अभियान सँगसँगै नगरवासीमा सरसफाईसम्बन्धी चेतना फैलाउन जरुरी भएको बताए ।

त्यस्तै कार्यक्रममा विश्व सरसफाई अभियन्ता राजमान मानन्धरले सरसफाईसम्बन्धी आफ्नो अनुभव मन्तव्य राखेका थिए । मानन्धर आपूmले नेपालभर करिब ६० बढी नगरपालिका, बंगलादेश र भारतमा समेत सरसफाई गरिसक्दा नेपालगञ्ज एकदमै फोहर देख्दा दुःखी भएको बताए ।

आफ्नो घर आँगन जसरी सफा गरिन्छ त्यसरी नै नेपालगञ्ज नगरीको सरसफाई गर्न यहाँका स्थानीयको कर्तब्य भएको उनले बताए । नेपालमै जनकपुरपछि सबैभन्दा बढी फोहर नेपालगञ्जलाई आफ्नो ठाउँ आफ्नो गाउँ सोचेर सधैँ सफा राख्नुपर्ने राजमान मानन्धरले भने ।
त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेलले सरसफाई महाअभियानमा जिल्ला प्रहरी बाँकेले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्तब्यकै क्रममा उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकायले सबै मिलर यो महाअभियान सफल पार्न नेपालगञ्ज भित्रका सबै नागरिकहरूको जिम्मेवारी भएको कुरा राख्दै सहर सफा भएमा हामी नगरवासीले स्वच्छ वातावरणमा बाँच्न पाउने कुरा बताइन् ।

प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रसनि यज्ञराज पन्त, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, स्टेसनरी व्यवसायी महासंघ बाँकेकी उपाध्यक्ष मन्दिरा पाण्डे, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ नेपालगञ्जकी उपमहासचिव तारा रोकायले गरेकी थिइन् ।

२९ मंसिरमा मनाइने सरसफाई महाअभियान कार्यक्रमको सहजीकरण तेज विक्रम शाहले गरेका थिए भने कार्यक्रममा मन्दिरा पाण्डेले स्वागत मन्तव्य दिएकी थिइन् ।

प्रतिक्रिया