गीतिएल्बम ‘आज आज’ मा भोला र मनु (भिडियो)

बाबुराम सिग्देल, काठमाडौँ । केहि दिन अगाडी सार्वजनिक भएको मोर्डन गीत ‘आज आज, को म्युजिक भिडियोमा पत्रकार भोला अधिकारी र मनु थापा चित्रण भएका छन् ।

संचार माध्यममा कमलम चलाउँदै र म्युजिक भिडियोमासमेत अभिनय गर्दै आएका पत्रकार अधिकारीको यो पछिल्लो अभिनित भिडियो हो । डिबी श्रेष्ठद्वारा शब्द सृजना साथै संगीत भरिएको उक्त गीतमा सर्जक श्रेष्ठ र बिनिता राइले गाएको पत्रकार तथा कलाकार अधिकारीले बताए ।

केबी भण्डारीले एरेन्ज गरेको उक्त गीतको भिडियो भोला अधिकारी आफ्नै निर्देशन रहेको बताए । उक्त भिडियोमा जनक राज अधिकारीको छायांकन तथा राज कार्कीले सम्पादन गरेका हुन् । पत्रकारिता सँगै कलाकारितालाई पनि अगाडी बढाउने अधिकारीले बताए ।

प्रतिक्रिया