फिल्म ‘कपुरी क’ लाई पिजी प्रमाणपत्र

काठमाडौं । गुञ्जन एण्ड कुसुम फिल्मस् र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘कपुरी क’ ले सेन्सरबोर्डबाट पिजी प्रमाणपत्र पाएको छ । ‘पिजी’ प्रमाणपत्रसंगै अर्थात १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउने छन् ।

फिल्ममा प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मको निर्देशन सबिन बास्तोलाले गरेका हुन् । खेम थापा मगरको छायाँकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी फिल्ममा छ ।

प्रतिक्रिया