सर्लाहीका प्रमुख चौधरीद्वारा सरकारी गाडी दुरुपयोग

एसपी यादव, सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बा २ झ २४९८ नम्बर प्लेट भएको सरकारी गाडीको चरम दुरुपयोग गर्दै आएका छन् । सरकारी गाडीको महत्त्व र प्रयोगको अबस्थालाई ख्यालनै नगरी आफ्नो पदिय मर्यादा समेतलाई लत्याउदै चौधरीले निरन्तर रुपमा सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् ।

सरकारी गाडीलाई उनले आफ्नो निजि सम्पत्तिको रुपमा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आफ्ना छोराछोरीहरुलाई स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइदैन । अत्यावश्यक काममै प्रयोग गर्नुपर्यो भने प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर उनले बिना पासकै शनिबारका दिन पनि सरकारी गाडी चलाउदै आएका छन् । यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु राम्रो होइन’? भन्दै जिल्लाकै जनताहरुले चौधरीको यस्तो गैरजिम्मेवार तौरतरिकालाई मन पराएका छैनन् ।

प्रजिअ भन्छन् यन्त्रणमा लिइन्छ

सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउनु परेमा जिल्ला प्रशासन कार्यालयबाट पास अनिवार्य लिनुपर्छ । ‘सवारी पास नलिई गाडी चलाएको पाइएमा प्रशासनले नियन्त्रणमा लिई कारवाही गर्छ । गृह मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरिसकेको छ ।

यस विषयमा प्रतिक्रियाका लागि जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले आफ्नो गल्ती ढाकछोप गर्दै उल्टै मसँग प्रतीप्रश्न गरे मैले कहाँ सरकारी गाडीको दुरुपयोग गरेको हो ? भनेर । सार्वजनिक बिदाको दिनमा अत्यावश्यक काममा मात्र सरकारी गाडी प्रयोग गर्न पाइन्छ । त्यसका लागि पनि जिल्ला प्रशासन कार्यालयबाट अग्रिम पास लिनुपर्ने हुन्छ, भने प्रश्नमा उनले भने तपाई भन्दा म आफै नेपालको नियम कानुनमा बढी जानकार रहेको भन्दै फोन राख्नुस भन्न समेत भ्याए ।

प्रतिक्रिया