बिजेपी खस्कँदै कांग्रेस उक्लँदै

एजेन्सी, नयाँदिल्ली । राजस्थान रतेलांगाना राज्यमा मतदान सकिएसँगै एग्जिट पोल जारी भयो । सबैका नजर राजस्थान, छत्तिसगढ र मध्यप्रदेशमा रोकिएका थिए । जहाँ मुख्य प्रतिस्पर्धा भारतीय जनता पार्टी र कांग्रेसकाबीच रहेको छ ।

मध्यप्रदेशमा २ सय ३० सिटका लागि २८ नोभेम्वरमा चुनाव भयो । यहाँ विजेपी र कांग्रेस परम्परागत प्रतिद्वन्द्वी हुन् । शक्तिमा बहुजन समाज पार्टी र अन्यले शक्ति परीक्षण गरेका थिए । यो प्रदेशका लागि जारी भएको ४ ओटा एग्जिट पोलमा परम्परागत प्रतिद्वन्दीबीच कडा टक्कर रहेको बताइएको छ । तर अन्य ४ एग्जिट पोलले विजेपीको बहुमत आउने र अन्य २ एग्जिट पोलले कांग्रेसले बहुमत प्रााप्त गर्ने बताएका छन् ।

छत्तिसगढमा ९० विधानसभा सिट रहेको छ । जसमा दुई चरण १२ र २० नोभेम्वरमा चुनाव भएका थिए । १० ठूला एजेन्सीले गरेको एग्जिट पोलमा ६ एजेन्सीको एग्जिट पोलमा भाजपा फेरि सत्तामा रहने देखाएको छ भने ४ एजेन्सीका एग्जिट पोलमा काँग्रेसले बहुमत ल्याउने बताइएको छ ।

राजस्थान विधानसभाको २ सय सिट छ, तर शुक्रबार १ सय ९0 सिटमा मात्र मतदान भएको थियो । यहाँ पनि १० एग्जिट पोलमध्ये ८ ओटाले कांग्रेसको सरकार बन्ने देखाएका छन् भने एउटाले कडा टक्कर बताएको र अर्को एउटाले भाजपा तर्फ इशारा गरेको छ ।

तेलांगनामा जम्मा १ सय १९ विधानसभा सिट छ । जसका लागि शुक्रबार मतदान भयो । एग्जिट पोलकाअनुसार यहाँ टिआरएसलाई प्रष्ट बहुमत ल्याएको देखाइएको छ । अर्थात चन्द्र शेखर राव सत्तामा आउनेछन् । यहाँ टिआरएसलाई ६६ कांग्रेसलाई ३७ र भाजपालाई ७ सिट भागमा पर्ने बताइएको छ ।
मिजोरममा भने सबैले कांग्रेसले नै जित्ने र सरकार बनाउने कुरामा एकमतजस्तै देखिएका छन् ।

प्रतिक्रिया