‘अनुज’ नामक आधुनिक गीतिएल्बम सार्वजनिक

बाबुराम सिग्देल, काठमाडौँ । ‘अनुज’ नाम गरेको आधुनिक गीतिएल्बम सार्वजनिक भएको छ । काठमाडौँ बागबजार स्थित सिटि म्याक्स हलमा मङ्सिर २२ गते सार्वजनिक गरिएको हो ।

उक्त एल्बममा छ वटा गीत समेटिएको कार्यक्रममा जनाएका छन् । जसमा चर्चित गायक आनन्द कार्की, रामचन्द्र काफ्ले, नरहरि प्रेमी, दिपक लिम्बु, सम्राट थापा, गायिका जिना रसाइली र सानुमैया यादवले आवाज दिएको बताए । गीतकार मिन बानियाँद्वारा लेखिएको सोही गीतमा शोभा घिमिरे बानियाँ प्रस्तुत कर्ता रहेको बताए ।

बिमोचन कार्यक्रम गायक सम्राट थापाले संयोजन गरेका थिए । बरिष्ठ गीतकार रत्नशमशेर थापाले बिमोचन गरेका हुन् । कार्यक्रममा गीतकार शमशेर थापाले कुनैपनि गीतलाई गीतकै नजरमा हेर्न पर्ने र कवितालाई कविताकै नजरमा हेर्न पर्ने बताए ।

‘थापाले भने, ‘कतिपय राम्रै गीत भएपनि शब्दमा उल्टोपाल्टो भएको छ, गीत भनेको सस्तो चिज हैन, गीत लेख्न र गाउन सजिलो छैन यसको मान मर्यादा छुट्टै छ, यसलाई सम्पूर्ण कलाकारले बुझ्नु पर्छ । कार्यक्रममा गायक आनन्द कार्की, नरहरि प्रेमी, सम्राट थापा लगायतका कलाकारले सोही एल्बमको आफ्ना-आफ्ना गीत गाएर सुनाएका थिए । विभिन्न मिडियाबाट पत्रकार तथा धेरै चर्चित कलाकारहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया