जुत्ता

‘बा, यसो हिँड्ने डुल्ने गर्नोस् न । यसरी बसिरहेपछि त कुज्जिनु होला नि ।’
सहर बस्ने छोरो बिरामी बाबुलाई भेट्न र उनको उपचार गर्ने उद्देश्यले घर आएको थियो । आउनासाथ ढोग गरेर बाबुलाई सोध्यो, ‘बा, के भयो तपाईंलाई ?’

‘के हुन्थ्यो बाबै, हेर यी कुर्कुच्चा र पिँडौला दुखेर डुल्न पनि सकिनँ ।’

उसले बाबुका खुट्टाका कुर्कुच्चा हे¥यो, धुलो र चिसोले होला, फुटेर छियाछिया परेको देख्यो । बेलुका सुत्ने वेलामा खुट्टामा तेल लगाइदिँदै भन्यो, ‘बा, अब भोलिदेखि यी जुत्ता नलगाइकन कतै नहिँड्नु । खुट्टा दुख्दैनन् ।’

भोलिपल्ट छोराले ल्याइदिएका जुत्ता लगाएर बुढा बाहिरिए । अलि पर पुगेका थिए । खुट्टा लगलगी काम्न थाले । बुढा थुचुक्क बसे ।
बेलुका छोराले सोध्यो, ‘बा, आज कस्तो भयो ?’

‘के कस्तो हुन्थ्यो र, उस्तै त हो नि ।’ उसले जुत्ता हे¥यो । जुत्ता अलिक कडा मान्यो । खुट्टा हे¥यो कुर्कुच्चाका चिरा अझै ज्यूँका त्युँ नै थिए ।
भोलिपल्ट, बा, हेर्नुहोस् यी जुत्ता लगाउनोस् त ।’ छोराले नयाँ जुत्ता लगाइदियो ।

अर्को दिन, ‘बा, आज कस्तो भयो ?’ बाबुको जवाफ आयो । उसले कुर्कुच्चा र जुत्ता हेर्यो ।
अर्को दिन, ‘बा, यी जुत्ता लगाउनोस् त ।’

अर्को दिन, ‘बा, आज यी जुत्ता लगाउनोस् ।’ उसले बजारमा पाइने सबैभन्दा उच्चकोटीका महँगा जुत्ता किनेर ल्याइदिएको थियो ।
‘ए बाबु, होइन तैँले कति जुत्ता मात्रै फेर्न भन्छस् ? कतै पाइने भए यी मक्किएका हाड फेर्न हुन्थ्यो खोजेर ले न ।’

प्रतिक्रिया