वडा अध्यक्षको निधन

बासुदेब गिरी, प्युठान । प्युठान नगरपालिका २ का वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएको छ । विष्टको ५८ वर्षको उमेरमा निधन भएको हो । विगत १ वर्षदेखी फोक्सोको क्यान्सरबाट पिडित विष्टको शुक्रबार उपचारको लागि चितवन लादैगर्दा बाटोमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनी पूर्व एमाले पार्टीबाट स्थानीय तहको चुनाबमा वडा अध्यक्ष जितेका थिए । सुक्रबार दिउसो निधन भएका विष्टको शवलाई प्युठान ल्याउदै गरिएको परिवारले जनाएको छ । विष्टको सम्झनामा प्युठान नगरपालिकाले शनिवार श्रद्धाञ्जली सभा गर्ने भएको छ ।

प्रतिक्रिया