रामकृष्णको आवाजमा रेकर्ड भयो नारायण गोपालको गीत

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २८ औं स्मृति दिवस । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् । २८ बर्षभन्दा अगाडि उनले गाएका गीतहरु अझै पनि रेडियो नेपाल लगायत विभिन्न एफएम तथा टेलिभिजनबाट प्रशस्तै बज्ने गरेका छन् । सांगीतिक क्षेत्रका अमूल्य व्यक्ति उनको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै उनको २८ औं स्मृति दिवसको अवसर पारेर गायक राम कृष्ण ढकालले उनै नारायण गोपालको अन्तिम संगीत रहेको “मेरो भुगोल त्यही नै हो जहाँ तिमी अटाउछौ” बोलको गीत रेकोर्ड गरेका छन् । कमलपोखरीमा रहेको भोईस रेकर्डिङ स्टुडियोमा गायक ढकालले सो गीत रेकर्ड गरेका हुन । उक्त गीतमा बिष्णुबाबु देवोकोटाको शब्द, प्रदिप श्रेष्ठको संगीत संयोजन रहेकोे छ । सोहि गीतमा कारीब ३५ बर्ष आगी स्वर्गीय नारायण गोपालले संगीत गरेका थिए ।

गीतको रेकोर्डिङ सकिएपछी पत्रकार सम्मेलन समेत गरिएको थियो । एक पत्रकारले स्वर्गीय नारायण गोपालको निधन भएको २८ बर्ष पछी उनकै संगीत रहेको गीतमा आफ्नो आवाज दिँदा कस्तो महसुस भएको छ भन्ने प्रश्नमा भावुक हुँदै गायक ढकालले भने, ‘जसको गीत सुनेर र गाएर मेरो सांगीतिक जिवनको आरम्भ भयो उहाँकै संगीतमा करिब २८ बर्ष पछी त्यो पनि २८ औं स्मृति दिवसको अवसरमा गाउँन पाउनु यो भन्दा ठुलो मेरो लागि के नै हुन सक्छ र । उनले आँखा भरी आँशु पर्दै भने सायदै यो भन्दा ठुलो श्रद्धाञ्जलि आदरणीय नारायण गोपाल ज्यु प्रती के नै हुन सक्छ र ?

यस्तै यस गीतका गीतकार बिष्णुबाबु देवोकोटा भनछन्, ‘उहाँको संगीतमा मेरो शब्द रहनु यो नै मेरोलागी अविस्मरणीय पल हो, त्यसमा गायक राम कृष्ण ढकाल दाइको आवाज राख्न पाउनु सायदै म भन्दा भाग्यमनी कोनै हुन सक्छ र ? उनले भने धेरै पहिला संगीत गर्नु भएको थियो तर शब्द थिएन र पछी मलाई त्यो संगीतमा शब्द भर्न एकदमै कठिन भएको बाताए ।

यस्तै यस गीतलाई संगीत संयोजन गरेका प्रदिप श्रेष्ठ भन्छन् यो पक्कै सरल थिएन, हामीले धेरै पटक यसको संगीत संयोजन गरियो तर पनि राम्रो हुन सकीएन अन्तत धेरै प्रयास पछी हामी सफल भएका थियौं, मलाई धेरै खुशी लागेको छ स्वर सम्राटको संगीतमा रहेको गीतको संगीत संयोजन गर्न पाउँदा ठुलो गर्वको महसुश भएको छ ।

यो संगीत कसरी यती बर्ष पछी भेटियो भन्ने प्रश्नको उतर दिँदै नेपाल कला संस्कृति बिकास केन्द्रका अधक्ष्य नबराज लामा भन्छन्, ‘म स्वर सम्राट नारायण गोपालको अनुयाइ भन्न रुचाउँछु र उहाँको निधन पछी बिस्तारै उहाँका गीत रेडियो, पत्र-पत्रीका तथा बिभिन्न संचार मध्यममा घट्दो थियो हामी २-४ जना साथीहरु मिलेर नारायण गोपालको स्मृति दिवस मनाउन सुरु गरियो र आहिले यो क्रम जारी हुँदै आज २८ औं स्मृति दिवस मनाइरहेका छौं । यस्तै स्वरसम्राट नारायण गोपालका बारेमा खोज तलास गर्दै जाँदा यो संगीत भेटिएको हो । गायक ढकालले यो भन्दा पहिला पनि नारायण गोपालको संगीतमा ‘मायाँ गर्नेको चोखो मायाँ पनि देखियो’ भन्ने गीत गाएका थिए ।

 

प्रतिक्रिया