प्रदेशसभा छलफलका लागि विधेयक दर्ता

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश नं ५ को संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालयले दर्ता गराएको हो । प्रदेश नं ५ को हिउँदे अधिवेशन आगामी मङ्सिर २६ गतेबाट सुरु हुँदै छ ।

प्रतिक्रिया