सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा बुधवार शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार वुधवार भने करीब २३ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार १ सय १८ दशमलव १९ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत चार दशमलव ९१ बिन्दुले घटेर २ सय ३७ दशमलव ७८ बिन्दुमा झरेको छ । कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २ सय ३३ कित्ता शेयर ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कारोवार भएको दश उपसमूह सबैको शेयर मूल्य घटेको छ । बैंकिङ १५ दशमलव २२, होटल १० दशमलव ७३, विकास बैंक ३३ दशमलव ८८, जलविद्युत् २१ दशमलव २४, वित्त दुई दशमलव चार, निर्जीवन बीमा १ सय ८५ दशमलव २६, उत्पादन २५ दशमलव ४७, अन्य २८ दशमलव शून्य आठ, लघुवित्त ३० दशमलव ४१ र जीवन बीमा ९६ दशमलव शून्य एक बिन्दुले घटेको छ ।

प्रतिक्रिया