नेपालमा ओपोको पहिलो आर सिरिज

काठमाडौं । उपभोक्ताको मागलाई ध्यानमा राखि ओपोले चाँडै नै आर–सिरिज अन्तर्गत ओपो आर१७प्रो सार्वजनिक गर्ने तयारी गरेको छ । ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमा आर–सिरिज भित्रने जानकारी दिन थालेको हो । ओपोले चीनमा यसै बर्षको अगस्टमा ओपो आर१७ र आर१७ प्रो सार्वजनिक गरेको थियो ।
नेपालमा भने कम्पनीले आर१७ प्रो सार्वजनिक गर्ने तयारी गरेको देखिन्छ ।

कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर१७ प्रोको पछिल्तिर कम्पनीले तीनओटा क्यामेराको प्रयोग गरेको छ । त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन ।

डुअल–सिम (नानो) प्रयोग गर्न सकिने ओपो आर१७ प्रोमा एण्ड्रोइड ८ दशमलव १ ओरियोमा आधिरित कलर ओएस ५ दशमलव २ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१ दशमलव ५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च फुल–एचडी डिस्प्ले छ । त्यसैगरी, फोनमा ८ जीबी¥यामका साथमा ओक्टा–कोर क्वालकम स्न््याप ड्र्यागन ७१० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ ।

प्रतिक्रिया