मृत महिलाको पाठेघरबाट बच्चाको जन्म !

ब्राजिल । मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओपाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो ।

पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती ३२ वर्षीया महिला पाठेघरबिनै जन्मेकी थिइन् । जीवित महिलाले नै दान गरेको पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ । त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् र ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ ।

तर, मृत्यु भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू कि त असफल भएका थिए कि त गर्भ तुहिएका थिए । यसपटक ती पाठेघर दाता ४० वर्षको हाराहारीमा रहेकी तीन छोराछोरीकी आमा थिइन् जसको मस्तिष्कमा रगत बगेर मृत्यु भएको थियो ।
पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५ सय महिलामा एकजनामा देखिने एकप्रकारको सिन्ड्रोमबाट ग्रस्त थिइन् । त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित भएको हुँदैन ।

तर, उनको डिम्बासयमा केही समस्या थिएन । चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए ।

ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो, जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्दथ्यो । उनको शरीरलाई पाठेघरको प्रत्यारोपण स्वीकार गराउनका लागि त्यसो गरिएको थियो ।

त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी हुन सुरु भयो । सात महिनापछि गर्भाधान गराइएको ती डिम्बहरू उनको पाठेघरमा राखिएको थियो र सामान्य गर्भावस्थापछि ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियन शल्यक्रियापछि साढे दुई किलोग्राम तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् ।

साओ पाउलोस्थित एउटा अस्पतालका डा. डेनी आइजेनबर्गले भने, ‘जीवित दाताहरूबाट गरिएका सुरुआती पाठेघर प्रत्यारोपणहरू चिकित्सा क्षेत्रका लागि कोसेढुंगा थिए । यस्ता प्रत्यारोपणहरूले उपयुक्त दाताहरूसँगको पहुँच तथा आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्दै बाँझोपन भएका धेरै महिलाहरूलाई आमा बन्न सक्ने सम्भावनाहरूको सिर्जना गरिदिएको छ ।’

ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओपाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो ।

पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती ३२ वर्षीया महिला पाठेघरबिनै जन्मेकी थिइन् । जीवित महिलाले नै दान गरेको पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ । त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् र ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ ।

तर, मृत्यु भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू कि त असफल भएका थिए कि त गर्भ तुहिएका थिए । यसपटक ती पाठेघर दाता ४० वर्षको हाराहारीमा रहेकी तीन छोराछोरीकी आमा थिइन् जसको मस्तिष्कमा रगत बगेर मृत्यु भएको थियो ।

पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५ सय महिलामा एकजनामा देखिने एकप्रकारको सिन्ड्रोमबाट ग्रस्त थिइन् । त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित हुँदैन । तर उनको डिम्बासयमा केही समस्या थिएन र चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए ।

ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्दथ्यो । उनको शरीरलाई पाठेघरको प्रत्यारोपण स्वीकार गराउनका लागि त्यसको गरिएको थियो । त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी हुन सुरु भएको थियो ।

सात महिनापछि गर्भाधान गराइएका ती डिम्बहरू उनको पाठेघरमा राखिएको थियो र सामान्य गर्भावस्थापछि ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियन शल्यक्रियापछि साढे दुई किलोग्राम तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् ।

साओपाउलोस्थित एउटा अस्पतालका डा. डेनी आइजेनबर्गले भने, ‘जीवित दाताहरूबाट गरिएका सुरुआती पाठेघर प्रत्यारोपणहरू चिकित्सा क्षेत्रका लागि कोसेढुंगा थिए । यस्ता प्रत्यारोपणहरूले उपयुक्त दाताहरूसँगको पहुँच तथा आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्दै बाँझोपन भएका धेरै महिलाहरूलाई आमा बन्न सक्ने सम्भावनाहरूको सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया