इपिएलमा इंग्ल्यान्डका चियर लिडर्स

काठमाडौं । आगामी शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि ब्रिटीस अर्थात इंग्ल्यान्डबाट चियर लिडर्स ल्याइएको छ । बुधबार काठमाडौंको साग्रिंला होटलमा एक कार्यक्रमकाबीच ६ चियर लिडर्सलाई सार्वजनीक गरियो ।

ईपीएलमा आम दर्शकलाई मनोरञ्जन दिनको लागि पहिलो पटक विदेशी चियर लिडर्स नेपाल ल्याईएको हो । दोस्रो संकरणको ईपीएलमा नेपाली चियर लिडर्सले मनोरञ्जन दिएका थिए । यी ६ लिडर्सलाई ३ ÷३ गरि हरेक खेलका दुई टोलीमा विभाजन गरिनेछ ।

आफ्नो टोलीले चौका, छक्का, क्याच आउट, बोल्ड आउट, शतक, अर्धशतक प्रहार लगायत थुप्रै कुरामा लिडर्सले नाचेर मनोरञ्जन दिने छन् । यी ६ लिडर्सले गत वर्ष आईपीएलको फेन्चाइज टोली साविक दिल्ली डियर डेभिल्स हाल दिल्ली क्यापिटल्स र केहि दिन अघि वेस्ट इन्डिजमा सम्पन्न महिला विश्वकपको उद्घाटन खेलमा पनि मनोरञ्जन दिई सकेको ईपीएलका एमडी आमिर अख्तरले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय तथा विराटनगरका कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको यो प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास पुग्ने बताए । टिभीएस ईपीएलमा शनिबार विराटनगर वारियर्स र ललितपु प्याट्रीयट्सबीच उद्घाटन खेल हुने छ ।

प्रतिक्रिया