झन् मजबुत बन्दै युनिलिभर

एजेन्सी, लण्डन । युनिलिभरले ग्लाक्सो स्मिथ क्लाइन – जिएसके)को ख्यातिप्राप्त ब्रान्ड किनेर भारतमा आफ्नो पाइला मजबुत बनाएको छ । सोमबार भएको समझदारीअनुसार युनिलिभरले त्यसका लागि ३ दशमलव ३ बिलियन युरो खर्च गर्नेछ ।

उसले सोमबार भारत, बंगलादेशलगायतका महत्वपूर्ण २० वटा एसियाली बजारको फुड ड्रिंक्स पोर्टफोलियो प्राप्तिसम्बन्धी समझदारीमा हस्ताक्षर गरेको हो । त्यसमा तीन तत्वको ‘ट्रान्ज्याक्सन’ हुने समेत युनिलिभरद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

जसअनुसार हिन्दूस्तान युनिलिभर लिमिटेडका जिएसके कन्जुमर हेल्थ केयर इन्डियामा सार्वजनिक रूपमा सूचीकृत सबैसँग इक्वुइटी मर्जर, जिएसके बंगलादेश लिमिटेडसँग ८२ प्रतिशत इक्विजिसनमा हिस्सेदारी र भारत बाहिर रहेका अन्य केही कमर्सियल अपरेसनमा पनि हिस्सेदारी रहेका छन् ।

युनिलिभरले भारतका केही पौष्टिक पदार्थ सम्बन्धी ड्रिंक्सको खरिद गरेर आफ्नो बजार थप सुदृढ गरेको हो । विश्वव्यापी कन्जुमर गुड्स ग्रुपको रूपमा चिनिने युनिलिभरले हर्लिक्स र बुस्टजस्ता ब्रान्ड खरिद गर्न लागेको हो । यो डिल पूरा भएपछि जिएसके इन्डियाको हिन्दूस्तान युनिलिभरमा अबको हिस्सेदारी ५ दशमलव ७ प्रतिशत हुने जनाइएको छ । यसमा दूध र हर्लिक्स छन् । जुन भारतीय बालबालिकाका लागि पौष्टिक आहारयुक्त तरल पदार्थको रूपमा चिनिन्छन् । वर्षौदेखि यिनले भारतको बजार लिएका थिए । २०१७ मा यी ड्रिंक्सले भारतको ४५ प्रतिशत बजार लिएको तथ्यांकमा उल्लेख छ ।

युनिलिभरले बुस्टसमेत लिएपछि भारतको ६० प्रतिशत बजार उसले लिनेछ । यो प्रकरणले विश्वव्यापी कम्पनीले भारतको बढ्दो अर्थतन्त्रलाई ध्यान दिएको बुझ्न सकिन्छ । पछिल्लो हिस्सेदारीलाई हिन्दूस्तान युनिलिभर र जिएसके भारत तथा भारत नियमन निकायबाट अनुमोदन गर्न बाँकी रहेको छ । यो प्रक्रिया सन् २०१९को अन्त्यसम्ममा टुंगो लाग्ने बताइएको छ । हर्लिक्स भारतमा सन् १९३० को दशकदेखि बजारमा लोकप्रिय रहेको छ । मर्जरपछि कम्पनीको १ सय बिलियनको टर्नओभरमा आफ्नो बिजनेस जाने उल्लेख गरेको छ ।

प्रतिक्रिया