यी हुन, दार्चुला दुहुँका प्रमुख पर्यटकिय गन्तव्य (फोटो फिचर)

पाँसा दह

प्रेमराज जोशी, काठमाडौं । दार्चुला जिल्लाको दुँहु गाउँपालीकामा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा गाउँपालीकाल चासो देखाएको छ । पासादह, व्रह्मदह, देवविसोन, विपिया पहिरो, व्रह्म, दुर्गा, मष्ठ मन्दिर जस्ता पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा गाउँपालीकाले चासो देखाएको हो । पालिकाले चालु आर्थिक वर्षमा ७ लाख वरावरको रकम विनियोजन गरेको जनाएको छ ।

     ब्रह्म दह

 

शिद्धटोपीमा भ्यूटावरको लागी सर्वै भई डिपिआर समेत तयार भैसकेको गाउँपालीका प्रमुख पुलेन्द्र वहादुर कार्कीले वताए । दुहुँ गाउँपालीका आफ्नौ संकृति रितिरिवाज परम्पाराले निकै अगाडि वढेको भन्दै अध्यक्ष कार्कीले पर्यटकिय स्थलहरु र पुरानो संस्कृतिको प्रचार प्रशासार नहुदा ओझेलमा परेको वताए । प्रर्यटन क्षेत्रको विकासमा देखिएको चुनौतिहरु मध्ये पहिलो चुनौतिका रुपमा सडक सञ्जाल, बाधक बनेको उनको भनाइ छ ।

    नाम्पा हिमालको दृश्य

पर्यटकहरुलाई लोभ्याउनको लागी नाङगा पाखा डाँडाहरुलाई विभिन्न प्रकारका सल्ला, पाङर, जस्ता वोट विरुवाहरुले वृक्षारोपण भईरहेको समेत उनले वताए । त्यस्तै दार्चुला जिल्लामा अन्य थुप्रै पर्यटकिय स्थलहरु शैल्यशिखर मालिकार्जुन मन्दिर, उकु मलह, लटिनाथ मन्दिर जौपुर , व्यासमा रहेको टिङकर भञ्ज्याङ अपि र नाम्फा जस्ता दुइ ठुला हिमश्रृङखलाहरु लगायतका थुप्रै पर्यटकिय स्थलहरु छन् ।

काँङर

यार्सागुम्बा, जडामसि, सतुवा बनलसुन लागायतका बहुमुल्य जडिबुटिहरुको पहिचान गरि प्रचार प्रशारमा ल्याउन सके स्वदेशि तथा विदेशी प्रर्यटकहरु भित्राउन सकिने थुप्रै सम्भावना रहेको छ ।

मष्ठ मालिका

दार्चुला जिल्लामा लाग्ने रात्री तथा दिवासेवाका मेलाहरुमा मात्रै सिमित नराखिकन सांस्कृतिक सम्पदाहरुको धरोहरका रुपमा मानिने ढुस्को, ठाडोखेल, धमारी, दुह क्षेत्रको सरौँ नाच र शौकाजातिको संस्कृति परम्पराहरु दार्चुलामा छन ।

ब्रह्म मन्दिर

 

दुर्गा मन्दिर

प्रतिक्रिया