कारको ठक्करबाट विदेशीसहित दुईजना घाइते

काठमाडौँ । कारको ठक्करबाट विदेशीसहित दुईजना घाइते भएका छन् । सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएको हो । घाइते दुवैजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३.१५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए ।

गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र गङ्गामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी प्रमुख इवा लिम्बूले जानकारी दिए ।

गम्भीर घाइते भएकी राईको ब्यूटी बोन भाँचिएको छ, भने कोसियाको कम्मरको हड्डी फुटेको सम्बन्धित अस्पताल स्रोतले जनाएको छ । उक्त कार भीडभाडमा रहेका सर्वसाधारणलाई लतार्दै नजिकै रहेको बसमा ठोकिन पुगेको थियो ।

प्रतिक्रिया