नबिल भिसा कार्डमा नगद फिर्ता योजना

काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकलाई लक्षित गरेर ‘नबिल भिसाकार्ड क्यासब्याक’ नामक नबिल भिसाकार्ड प्रवद्र्धनात्मक नगद फिर्ता योजना सुरु गरेको छ ।

यस योजनामा नबिल भिसाकार्डवाहक ग्राहकले १० प्रतिशत नगदै फिर्ता पाउनेछन् । यस योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्डवाहक (डेविट, क्रेडिट र प्रिपेड) ग्राहकहरूले नेपालभित्रका पिओएसबाट प्रत्येकपटक सफल कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय नगदै फिर्ता पाउनेछन् । यो योजना मंसिर १४ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया