टाटा मोटर्सको सर्भिस क्याम्प

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १२ देखि १४ गतेसम्म सञ्चालनमा ल्याएको छ । गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्रसहित नेपालका विभिन्न ३८ स्थानहरूमा आयोजना गरिएको हो ।

यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरूमा गाडीको सम्पूर्ण इन्जिनहरू जाँचहरू हुनेछ । यस क्याम्पमा चालकहरूका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राइभिङसम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार र लुब्रिकेन्टसमा आकर्षक अफरजस्ता विशेषता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लिखित गरिएको छ ।

समारोहमा सिप्रदी ट्रडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्धले ३७ वर्ष पूरा भएकोमा शुभकामना दिए । उनले लामो यात्राको श्रेय सबै ग्राहकहरूको अटुट विश्वास, कर्मचारीहरूको निरन्तर मिहिनेत र लगनशीलता रहेको बताए ।

क्याम्पमा एक्साइड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस, म्याक लुब्रिकेन्टस, शिखर इन्स्योरेन्स र एपोलो टायर आदि ब्रान्डहरूले सहभागिता जनाएका छन् । विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको नेपालमा तेस्रो संस्करण हो ।

प्रतिक्रिया