हाइड्रो इलेक्टिङकका मजदुर आन्दोलनमा

बुटवल । सात सूत्रीय मागसहित नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड बुटवलका मजदुरहरू आन्दोलनमा उत्रेका छन् । आफ्ना मागहरूलाई लिमिटेड व्यवस्थापकले बेवास्ता गरेको भन्दै गत शुक्रबारदेखि काम ठप्प पार्दै मजदुरहरू आन्दोलनमा उत्रेका हुन् ।

नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड बुटवलका मजदुरहरू अहिले काम ठप्प पार्दै व्यवस्थापक राजेश अग्रवालको पुत्ला बनाएर धर्नामा बसेका छन् । लिमिटेडमा क्रियाशील युनियनहरू समग्र टे«ड युनियन नेपाल र अखिल नेपाल औद्योगिक मदजुर युनियनको पहलमा १ सय ७८ जना मजदुरहरू धर्नामा बसेका हुन् ।

मजदुरहरूले खाइपाई आएको तलबमा ५ हजार र महँगी भत्तामा ३ हजार ५ सय गरी ८ हजार ५ सय तलब समान रूपले वृद्धि हुनुपर्ने, महँगी भत्ता बाहेकका अन्य भत्ताहरू शतप्रतिशत वृद्धि हुनुपर्ने, कर्मचारीलाई आवासको व्यवस्था हुनुपर्ने माग आपूmहरूको रहेको वार्ता कमिटिका सदस्य पदमराज रिजालले बताए ।

मजदुर र व्यवस्थापक पक्षबीच दुईपटकसम्म श्रम कार्यालयमा वार्ता गरे पनि व्यवस्थापन पक्षले उल्टै आफ्ना मागहरूमाथि पाँच बुँदे माग राखेको आरोप लगाएको छ । लिमिटेडले मजदुरको आन्दोलन दबाउनका लागि पूर्व युनियनसँग गरेको सबै सम्झौता स्थगित गर्नेगरी माग राखेपछि कर्मचारी थप आक्रोशित बनेका छन् ।

मजदुरहरूको मागका सम्बन्धमा १ दखि १२ तहका सबै मजदुरलाई २२ सयदेखि २६ सयसम्म मात्र तलब वृद्धि गर्ने प्रस्ताव लिमिटेडले ल्याए पनि मजदुरहरूले भने अस्वीकार गरेका छन् । लिमिटेडका सञ्चालक समिति अध्यक्ष रत्नसञ्चार श्रेष्ठले मजदुरका मागहरू सम्बोधन गर्न आपूm तयार रहेको बताए पनि अहिले मागहरूप्रति बेवास्ता गरेको आरोप मजदुरहरूको छ ।

श्रम ऐन २०७४ को दफा ११६ को उपदफा ९२० अनुसार आपूmहरू आन्दोलनमा उत्रेको अध्यक्ष अखिल नेपाल औद्योगिक मजदुर युनियनका अध्यक्ष भुवन गिरीले बताए ।

नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडमा बुटवल पावर कम्पनीको ५१ दशमलव ३०, आइकेएन इन्ड्रस्टियल नर्बेको ४६ दशमवल ९, बुटवल टेक्निकल इन्स्टिच्युटको १ दशमलव शून्य ७ र हिमाल हाइड्रो तथा जनरल कम्पनीको शून्य दशमलव ७१ प्रतिशत सेयर रहेको छ ।

जलविद्युत् उत्पादनका लागि उपकरण बनाउने, जडान तथा मर्मतको काम गर्ने लिमिटेडले वार्षिक दुई अर्बको काम गर्ने गर्दछ । प्रत्येक वर्ष ५ देखि १० प्रतिशतसम्म लिमिटेडले बोनस बाँडे पनि कर्मचारी मजदुरप्रति व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको मजदुरहरूले बताएका छन् ।

लिमिटेडले हाल साङ्जेन उपल्लो र तल्लो गरी ५४ मेगावाटको जलविद्युत्को काम गरिरहेको छ । यसअघि कालीगण्डकी, मस्र्याङ्दी लगायतका जलविद्युत्का उपकरणहरू बनाइसकेको छ ।

प्रतिक्रिया