दिपकलाई, सम्झनाको दह्रो झटारो (भिडियो)

बाबुराम सिग्देल, काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा विभिन्न खालका गीत सार्वजनिक भैरहेका छन् । लोकदोहोरी, झ्याउरे, कौडा, सोरठी, आधुनिक, चलचित्र जस्ता गीतले बजार संगीतमय बन्दै गएको छ । गाउँ घर मैलापात जाँदा प्राय मानिसले गीत गुनगुनाउदै मनोरंजन लिइरहेका हुन्छन् । बिशेष त पश्चिम भेगका मानिसले बढी मात्रामा लोकदोहोरी, कौडा, झ्याउरे जस्ता गीत मन पराएको भेटिन्छ । मायाँ प्रेममा धोका पाएका हरुलाई पनि गीत संगीतले भुलाउने गर्दछ । यस्तै गीतहरु सार्वजनिक हुने क्रममा लोकदोहोरी गायिका सम्झना लामिछाने मगर र दिपक गरौंजाको आवाजमा ‘झटारो’ नाम गरेको केहि फरक धारको गीत सार्वजनिक भएको छ ।

गीतमा लामिछाने र गरौंजाले पालैपालो झटारो हानेका छन् । बिशेष गाउँ घरमा हुने सोझोपन र शहरमा गएर ब्युटी पार्लर धाउने केटीलाई गीतको शब्दमा केटाले झटारो हानेका छन् । त्यस्तै केटिले पनि आफु त्यस्तो नकल गर्दै न हिडेकोमा केटालाई आफ्नो अनुहार ऐनमा हेर्न निर्देशन दिँदै झटारो हानिएको छ ।

गाउँले परिवेश र शहरिया परिवेशलाई परिमार्जन गर्दै सोहि मौलिक गीत मङ्सिर १२ गते युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियो सम्झना डिजिटलको प्रस्तुतिमा रहेको छ । किरण चापागाईंको शब्द सिर्जना रहेको उक्त गीतमा गायक गरौंजा कै लय रहेको छ ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीत बीबी अनुरागिले संगीत संयोजन गरेका हुन् । सोही गीतको भिडियो काठमाडौँ स्थित रत्नपार्कमा छायांकन गरिएको हो । प्रकाश भट्टले निर्देशन गरेका छन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा अभिनय गर्ने कलाकाररुको खास नाम भने तोकिएको छैन ।

अरु भन्दा फरक, केटा र केटि दोहोरो साइडमा बसेर एकले अर्कोलाई भनाभन गर्ने खालको गीत  भएको हुँदा नाम न तोकिएको गायिका सम्झना लामिछानेले बताईन् । गायिका लामिछाने र गायक गरौंजा लगायत धेरै कलाकारहरु भिडियोको दृश्यमा कैद भएका छन् । अरु गीतले जस्तै यस गीतले पनि दर्शक श्रोताको मायाँ पाउनेमा बिश्वस्त रहेको लामिछानेले बताईन् ।

 

प्रतिक्रिया