जडिबुटीको अवैध निकासी रोकिएन

प्रेमराज जोशी, काठमाडौं । नेपालतर्फ बाट ठूलो परिमाणमा यार्सा गुम्बा लगायतका बहुमुल्य जडीबुटीहरू चिनतर्फ अबैध रूपमा निकासी हुने गरेछ ।

दार्चुलाको ताक्लाकोट नाका हुंदै तिब्बततिर ठूलो मात्रामा अवैधरूपमा जटिबुटी निकासी भईरहदा पनि त्यसको रोकथाम अझैसम्म हुन सकेको छैन ।

विभिन्न जिल्लामा पाइने भिन्न भिन्न प्रजातिका वनस्पतिहरू चोरी–निकासीका साथै दुरूपयोग बढेसगै अपि नाम्पा संरक्षण क्षेत्र वन तथा भन्सार कार्यालयले सो स्थानमा एकाइ स्थापना नगर्दा चोरी निकासी झनै बढेको छ ।

यद्यपी देशभरबाट जडिबुटी, काठ र पर्यटनवाट भने आर्थिक वर्ष ०७४/७५ मा २ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । अघिल्लो अर्थिक वर्षमा देशभरबाट १ अर्व ५३ करोड मात्र राजस्व उठेको थियो ।

अवैध चोरी निकासी हुने गरेको भेटिएपछि सो क्षेत्रमा कार्यालय स्थापना गरेर राजस्व सकंलन गर्नुपर्ने वन तथावातावरण मन्त्रालयका सूचना अधिकारी सुमन सुवेदीले वताए । वन र वनस्पतिको अत्यधिक प्रयोग र दोहनले गर्दा विभिन्न जिल्लामा भएका वनस्पतिहरू लोप हुने अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ ।

खयर, कुरिलो, पाषाणभेद, पलास, सिप्लीकान, जगर, पाँचआंैले, सतिसाल, वन तरुल, चाँप, रुद्राक्ष, मजिठो, तीतेपाती, वन कचुर, पिरे घाँस, धूपी, पीपलालगायत कैयन् वनस्पति संकटापन अवस्थामा पुगेका छन्् । जडीबुटी खेती र उत्पादनका लागि नेपालको मध्य र सुदूर पश्चिमका पहाडी जिल्लाहरू हावापानीका हिसाबले उपयुक्त मानिँदै आएका छन्् ।

उत्पादन भएर निकासी हुने जडीबुटीको वास्तविक बजार कहाँ छ, त्यसको उपयोगिता के हो भन्नेबारे ठूलो अन्योल वर्षैदेखि रहिआएको छ । बजार स्थायी गरी पहिचान नहुँदा बहुमूल्य जडीबुटी अवैध रूपमा निकासा भइरहेको छ ।

विदेशीने युवाहरूले जडीबुटीलाई व्यावसायिक रूपमा खेती गर्न सके सीमान्त भूमीको उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताउँछन््, वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली । कच्चापदार्थको नेपालमै प्रशोधन गरेर निकासी गर्न सके निकासी मूल्य बढी प्राप्त गर्न सकिने दार्चुला जिल्लाका १ जना जडिवुटी संकलक देवसिह धामी वताउँछन्् ।

जडीबुटीको व्यवस्थापन गर्न जडीबुटी संकलन केन्द्र, भण्डारण तथा प्रशोधन केन्द्र, शीत भण्डार, जडीबुटी सूचना केन्द्रको स्थापना अपरिहार्य भएको छ । जडीबुटी पाइने सबैजसो जिल्लामा अधिकांश जडीबुटी संकलकहरूले जहिले पनि मूल्य नपाएको गुनासो आउने गरेको छ ।

नेपालबाट जडीबुटी निकासी भएका देशहरूमा चीन, भारत, हङकङ, सिंगाापुर, बंगलादेश, जापान, कोरिया, पाकिस्तान, ताइवान, थाइल्यान्ड, युएई, क्यानाडा, युएसए, पैरु, फ्रान्स, जर्मनी, युके, पोल्यान्ड, अस्ट्रेलियाजस्ता राष्ट्रहरू रहेका छन्् ।

प्रतिक्रिया