आगोले जलेर तीन वर्षीय बालिकाको मृत्यु

उर्लाबारी । मोरङको बेलवारी नगरपालिका ७ बाहुनीमा आगोले जलेर तीन वर्षीय बालिकाको मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीय छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।

प्रतिक्रिया