नेप्सेमा २ अंकको गिरावट

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दशमलव १० अंकले घटेर १ हजार १ सय ५९ दशमलव ३८ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापन सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ४७ अंकले बढेर २ सय ४६ दशमलव ५२ अंकमा पुगेर बन्द भएको छ ।

यसदिन कुल १ सय ५३ कम्पनीको १३ लाख ९६ हजार ९२७ कित्ता सेयर खरिदबिक्री हुँदा ४० करोड ४८ लाख ४ हजार ७३४ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको १५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन अन्य समूह बढेको छ भने बाँकी सबै समूह घटेका छन् ।

प्रतिक्रिया