उपाधि भिडन्तमा नेपाल र भारत


काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० को जित निकाल्दै उपाधिनजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१।१३, १८–२१ र २१–१८ ले पराजित गरे ।

यस्तै महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८, २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउंदै विजयी भएका हुन् । अव उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ ।

यसअघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बीको विजेता हुदै बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो । यस्तै अर्को सेमिफाईनलमा भारतले श्रीलंकालाई ३–० ले नै पराजित गर्दै फाईनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलंकाका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए ।

यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका विष्णुवर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलंकाका चामथ दियास र चिराथ इलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।

प्रतिक्रिया