कपिलले दिए, ट्वटरमार्फत विवाहको निम्तो

एजेन्सी, मुम्बई । भारतीय चर्चित कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ । यसको पुष्टि गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका छन् ।  उनको ट्विटअनुसार १२ डिसेम्बरमा विवाह हुँदै छ । लामो समयदेखि प्रेमसम्बन्धमा रहेका शर्माले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन् । उनका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो ।

गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा उनीहरुको पहिलो भेट भएको थियो । त्यही बेलादेखि शर्माले गिन्नीलाई मन पराएको बताएका छन् । कपिलले आफ्ना बुबाले भने गिन्नीसँग विवाह गर्न अस्वीकार गरेका थिए । पछि उनी राजी भएका थिए ।

कपिलले सन् २००७ मा ‘लाप्टर च्यालेन्ज ३’ को उपाधि जितेर बलिउडमा प्रवेश गरेका थिए । त्यस्तै, उनले सन् २०१३ बाट ‘कमेडी नाइट विथ कपिल सो’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेका थिए ।  त्यसैगरी उनले सन् २०१५ मा अब्बास मस्तानको निर्देशनमा बनेको चलचित्र ‘किस किसको प्यार करु’ मा मुख्य कलाकारको भूमिका निर्वाह गरेका थिए । तर उक्त चलचित्रले राम्रो व्यापार भने गर्न सकेन ।

त्यस्तै, उनको पछिल्लो चलचित्र ‘फिरिंगी’ समेत सुपर फ्लप भएको थियो । यो चलचित्रले खासै व्यापार गर्न नसकेपछि उनी डिप्रेसनमा परेको भारतीय माध्यमले जनाएका थिए ।

प्रतिक्रिया