कृषिमा यान्त्रिकरण बढदै

विराटनगर । पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूमा कृषि यान्त्रीकरणको प्रयोग बढ्न थालेको छ । यान्त्रीकरणको प्रयोग बढेसँगै कृषिप्रति आकर्षणसमेत बढ्न थालेको छ ।

संघीय र स्थानीय सरकारले बजेटमार्फत किसानलाई सिँचाइका लागि बोरिङ पम्पसेट, खेत जोत्ने, मकै छर्ने, धान रोप्ने, धान काटनेजस्ता मेसिनमा अनुुदान दिएपछि कृषि यान्त्रीकरणको प्रयोग बढेको हो । जोताइदेखि खेत रोपाइ र बाली कटाइसम्म किसानहरूले मेसिनको प्र्रयोग गर्ने गरेको पाइन्छ ।

मंसिर महिना सुुरु भएसँगै प्रायः सबै किसानले यसपटक धान काट्न मेसिन प्रयोग गरिरहेका छन् । समयमा धान घरमा थन्काउन पाइने र झण्झट पनि नहुुने भएकाले धान काट्न ‘कम्पान’ नामक मेसिनको प्रयोग बढेको हो । यस्तो खालको मेसिन चितवनबाट किसानले ल्याएर मोरङका खेतबारीमा प्रयोग गरेको पाइन्छ । ठूलो आकारको मेसिनले एक घण्टामा दुुई बिघा धान काटेर मेसिनले नै धान दाइँ गरी खेतबाटै किसानले घरमा धान भित्र्याउन सक्छन् ।

रंगेली नगरपालिका–७ का किसान अशोक मण्डलले यो मेसिनको प्रयोग बढदै गएको बताए । उनले विगतमा मंसिर लागेपछि काट्न सुुरु गरेको धान भित्र्याउन दुुई हप्ता लाग्ने गरेकोमा यसपटक मेसिनको प्रयोग गर्दा धान काटेको दुुई घन्टामा घरमा धान भित्र्याएको बताए ।

अर्का किसान जसोदा मण्डलले दुुई बिघा जग्गामा पहिलोपटक धान काट्न मेसिन प्रयोग गर्दा आफूलाई सहज भएको बताए । पहिले मजदुुरसमेत नपाउँदा पाकेको धान खेतमै झर्ने अवस्था थियो भने यसपटक मेसिनका प्रयोगले धान पनि समयमा काटिने र समयमै बिक्री गर्न पाइने उनले बताए । मेसिन प्रयोगले खेतमा धान रहिरहने र गोरु लगाएर धान दाइँ गर्ने समस्या अन्त्य भएको छ ।

मजदुुरको समस्या भइरहेको अवस्थामा यस्ता प्रविधि सबैतिर विस्तार गर्नेतर्फ राज्यको ध्यान जानुुपर्ने किसानहरू बताउँछन् । सुुनवर्सी नगरपालिका र रंगेली नगरपालिकाले प्राविधिकयुुक्त यस्ता मेसिनको प्रयोग बढेको पाइन्छ । सुुनवर्सी नगरपालिकाले कृषिमा यान्त्रीकरण गर्न बोरिङ पम्पसेट, खेत जोत्न हाते टयाक्टर, मकै छोडाउने मेसिन अनुुदानमा किसानलाई उपलव्ध गराएको सुुनवर्सी नगरपालिकाका प्रमुुख कालिप्रसाद दासले बताए । उनले नगरपालिकाले बजेट छुुट्याएर कृषि यान्त्रीकरणमा जोड दिएको बताए ।

यसैगरी रंगेली नगरपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत समूह बनाएर किसानलाई अनुुुदानमा मेसिन उपलव्ध गराएको जनाएको छ । नगरपालिकाले ४ र ५ नम्बर वडाका किसानलाई समूह बनाएर दुुई वटा धान काट्ने मेसिन उपलव्ध गराएको रंगेली नगरपालिकाका अधिकृत कृष्णप्रसाद भट्टराईले बताए ।

मोरङ जिल्लाका १७ वटै स्थानीय तहहरूले कृषिलाई महत्व दिएको पाइन्छ । यसरी कृषि यान्त्रीकरणको प्रयोगले कृषि उत्पादनमा वृद्धि हुुने र सहज रूपले खेती गर्न सकिने भएकाले यस्तो प्रविधिलाई सबैतिर विस्तार गर्नुु आवश्यक छ ।

प्रतिक्रिया