गाउँले दूषित पानी पिउन बाध्य

जुम्ला । स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका २ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताए ।

मानवीय आधारभूत आवश्यकता खानेपानी पछिल्लो समय निकै अभाव हुन थालेको छ । वन फँडानीले मुहान सुकेपछि पानीको हाहाकार भएको हो भने कतै, स्रोत हुँदा पनि व्यवस्थापन नहुँदा पानीको अभाव भएको छ भने, कतै बनेका धारा पाटी पौवा दीर्घकालीन नहुँदा पनि पानीको अभाव कर्णालीका नागरिकले भोगिरहेका छन् ।

चौकीदार दीपक बूढाले भन्नुभयोे, “एकातर्फ शुल्क उठाउन जाँदा गाँउलेले मान्दैनन् । अर्कोतर्फ, गाउँका केही ठूलाबडाले आफ्नो प्रयोजनका लागि सार्वजनिक पाइप प्रयोग गरी ठाउँठाउँमा पाइप लाइन काटेर, पानी चुहावट गरेकाले धारा बन्द गरेको उल्लेख गरे । हुँदाहुँदा अनियमितता, दैनिक पिउने पानीमा पनि देखियो, उनले भने, गाउँमा पानी छैन, तर केही व्यक्ति, पाइप लगाएर घरमा लिन्छन्, यसो किनभन्दा कुनै प्रतिक्रिया आउँदैन र भद्रभलाद्मी पनि मौन देखिएपछि धारानै बन्द गर्न पुगेको उनको भनाइ छ ।

जबसम्म, आफ्नो तलब र सार्वजनिक जिन्सी सामग्रीका विषयमा छलफल हुँदैन, तबसम्म कुनै हालतमा पानी नछोड्ने चेतावनी चौकीदार बूढाले दिनुभयो । तर अहिले जर्मी गाउँका अधिकांश स्थानीय नदीको पानी प्रयोग गरिरहेका छन् भने, कोही घण्टौँको बाटो हिँडेर पानी ल्याउने गर्दछन् । स्थानीय महिला कुइरी दमाईंले भन्नुभयो, “धारा बन्द भएपछि, नदीको पानी खाएर रुघाखोकी लाग्ने अवस्था छ ।

प्रतिक्रिया